Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म '२ नम्बरी'को टिजर रिलिज, असोजमा नै फिल्म रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2022/08/09
'घामपानी', 'छ माया छपक्कै' जस्ता सफल चलचित्र निर्देशन गरेका दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’को टिजर रिलिज भएको छ ।  यसअघि कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्म रिलिज मिति हेरफेर गरि असोजको २१ गते नै रिलिज गरिने बताईएको छ ।
 
टिजरमा मुख्य कलाकारहरु दयाहाङ राई र सौगात मल्लविचको मित्रतालाई देखाइएको छ । दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीविचको प्रेमकथा देखिन्छ । फिल्ममा यी चार कलाकारको साथमा वुद्दि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।
 
 
सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेको '२ नम्बरी'का प्रस्तुतकर्ता किरण नेपाली हुन् भने सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् ।
 
टिजर हेर्नुहो्सः