Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तलास’को गीतमा छल्किएको दावा र विमलाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/08/08
Dawa Sherpa, Bimla Khajum Limbu
 
दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशनमा तयार भएको फिल्म ‘तलास’को ‘अप्सरा केही होइन’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मेलिना राई र उदय नेम्वाङको युगल स्वर तथा उदय नेम्बाङको संगीत र शब्द रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता दावा मिङमार शेर्पा र अभिनेत्री विमला खजुम लिम्बु फिचर्ड छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । 
 
फिल्ममा राजकुमार लिङ्देन, सोम लामा, एलिना बासकोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, मुकेश कालिकोटे, हस्त लिवाङ, कल्याण राई, अजय खडका, विमल ढुङ्गेललगायतका कलाकारहरु पनि अभिनय छ । विक्रम डिसीले खिचेको फिल्ममा दिनेश माङ्मुको कोरियोग्राफी, रोशन वान्तवा राईको संगीत, पुन्य ओझाका द्वन्द्व निर्देशन र दिनेश लिङ्देनको कथा छ ।
 
कविता राई लिङ्देनको प्रस्तुति रहेको फिल्ममा गजमति सम्वाहम्फे र दीपक नेपाली निर्माता छन् । फाल्गुनन्द लिङदेन फिल्मस्ले निर्माण भएको फिल्मलाई आगामी माघ तेस्रो साताबाट प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । केही दिनमा वितरकहरुसँगको छलफलपछि प्रदर्शन मिति घोषणा गरिने निर्माता नेपालीले बताए । निर्देशक लिङ्देनले फिल्म उत्कृष्ट बनेको दाबी गरेका छन् ।