Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइकल अधिकारी’ गीत : पैसामा रमाएका सौगात र सृष्टि

फिल्मीखबर, काठमाडौं, 2022/08/08
Saugat Malla, Shristi Shrestha
 
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइकल अधिकारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘छुक छुक रेल गाडी’ बोलको रोमान्टिक गीतमा प्रकाश दास र अस्मिता अधिकारीको युगल स्वर रहेको छ भने शैलेश कँडेल क्षेत्रीको शब्द रचना र रेवन सिंहको संगीत छ । गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छन् । 
 
गीतमा फिल्मको कथालाई पनि कनेक्सन गरिएको छ । संवादसहितको गीतमा एक दाम्पत्ति (सौगात र सृष्टि) ले पैसाको लोभमा एक विदेशी जोडीलाई बच्चाको सुःख दिन कोख भाडामा लगाउन तयार भएपछि त्यसबापत प्राप्त पैसाले दिएको खुशीको अनेक पाटोलाई देखाइएको छ । कमल राईको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सौगात र सृष्टिको नृत्य शैली रोचक छ ।
 
उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार यिओलगायतको पनि अभिनय छ । आर्थिक समस्याका कारण अर्काको भ्रूण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा आधारित भएर फिल्म निर्माण भएको हो ।
 
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । फिल्मलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो ।