Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रा’ निर्देशकको सन्तोष सेनसँग सहकार्य गर्ने इच्छा

फिल्मीखबर, काठमाडौं, 2022/08/08
pradeep bhattarai and santos sen
 
‘प्रेमगीत’ निर्माता सन्तोष सेन मनकारी निर्माताको रुपमा चिनिन्छन् । उनी फिल्म मेकिङदेखि पब्लिसिटीसम्म कुनै कञ्जुसाईँ नगरी पैसाको खोलो बगाउँछन् । प्रायः हरेक निर्देशकलाई उनी जस्ता निर्माताको सधैं खाँचो रहने गर्छ । तर, नेपालमा फिल्म मेकिङ र पब्लिसिटीमा आवश्यकता अनुसार खर्च गर्ने निर्माताहरुको संख्या कम छ । निर्माताले नै मुठ्ठी कसेपछि फिल्म राम्रो बन्नै सक्दैन । 
 
फिल्म निर्माणमा सन्तोषले पैसाका कारण कम्प्रमाइज गर्नुपर्ने अवस्था सृजना नगर्ने भएकाले प्रायः निर्देशनहरु उनीसँग सहकार्य गर्न चाहन्छन् । ‘जात्रा’ जस्तो सफल फिल्मका निर्देशक प्रदीप भट्टराईले पनि निर्माता सेनसँग सहकार्य गर्ने इच्छा देखाएका छन् । आइतवार सन्तोषले फेसबुकमा फिल्म ‘महापुरुष’को पोस्टर शेयर गर्दै प्रशंसा गरेपछि उनले सहकार्यको इच्छा व्यक्त गरेका हुन् ।
 
सन्तोषको पोस्टको कमेन्टमा ‘महापुरुष’का निर्देशक समेत रहेका प्रदीपले लेखेका छन्, ‘धन्यवाद सन्तोष सर । तपाईंसँग सहकार्य गर्न मन छ है । ‘प्रेमगीत ३’को लागि धेरै धेरै शुभकामना ।’ उनको कमेन्टको जवाफमा सन्तोषले पनि सहकार्यको इच्छा प्रकट गर्दै लेखेका छन्, ‘सर अब हजुरको भिजनलाई होस्टेमा हैसे गरेर यात्रामा छिट्टै जोडिन पर्छ । हजुर यो क्षेत्रको कुशल चालक हुनुहुन्छ ।’
 
pradeep bhattrai
 
सन्तोष यतिबेला आफ्नो ड्रिम प्रोजेक्ट ‘प्रेमगीत ३’लाई भारतमा प्रदर्शन गर्ने तयारीमा छन् । आगामी असोज ७ गते यो फिल्म नेपाल र भारतमा हिन्दी भाषामा एकसाथ प्रदर्शन हुँदैछ । हिन्दी भाषामा डब भएर भारतको हलमा रिलिज हुने ‘प्रेमगीत ३’ पहिलो नेपाली फिल्म बन्दैछ । अहिले मुम्बईको शहर फिल्मको पोस्टरले रंगिएका छन् । जुन नेपाली फिल्म क्षेत्रकै लागि खुशी र गर्वको कुरा हो ।