Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजनीतिमा आउन सक्ने प्रदीपको संकेत

फिल्मीखबर, काठमाडौं, 2022/08/07
पछिल्लो समय राजनीतिप्रति कलाकारहरुको आकर्षण बढ्दो छ । भुवन केसी, करिश्मा मानन्धर, रेखा थापा, कोमल वली जस्ता कलाकारहरुले राजनीतिक दलको झन्डा ओडिसकेका छन् । अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काले पनि भविष्यमा राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । अबको १०-१५ वर्षपछि राजनीतिको अवस्था हेरेर अगाडि बढ्ने उनको योजना छ । 
 
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘एउटा विन्दूमा पुगेपछि राजनीतिक अवस्था हेरेर अगाडि आउनु पर्छ कि जस्तो चाहिँ लाग्छ । तर, म राजनीतिमा अगाडि बढ्न समक्ष छु जस्तो लाग्दैन । तर, १०-१५ वर्षपछि राजनीतिमा कोही सक्षम देखिएन भने मैँ जान्छु भन्ने लाग्छ ।’ अहिले स्वतन्त्र उम्मेदवारहरुले जितेको देख्दा आफू राजनीतिमा नजाँदा पनि हुन्छ भन्ने लाग्न थालेको उनको भनाई छ ।
 
 
‘अहिले स्वतन्त्र उम्मेदवारहरु जित्दा मलाई राजनीतिमा नजाँदा पनि हुन्छ भन्ने लाग्न थालेको छ,’ उनले अगाडि भने, ‘देश विग्रिएकै कलाकारले समाजसेवा गर्ने, समाजसेवीले देश चलाउने, देश चलाउनेले कमिसन खाने, कमिसन खाने व्यापारीले अरु चिज गर्ने भएर हो । आ-आफ्नो काम गर्‍यो भने राम्रो हुन्छ ।’ आत्मविश्वासको हिसाबले आफूलाई केपी शर्मा ओली मनपर्ने प्रदीपले बताए ।
 
अब आफूले फिल्मभन्दा बाहेक केही गर्न नसक्ने पनि प्रदीपको कथन छ । ‘कोरोनाभन्दा अगाडि मैले एमबिए गरेको छु, जुनसुकै बेला कर्पोरेट हाउसमा जान सक्छु वा आफैंले विजनेश सुरु गर्न सक्छु भन्ने लाग्थ्यो । तर, कोभिडको बेला घरमा बस्नु पर्दा मैले फिल्मको काम एकदमै मिस गरेँ । त्यसबेला मलाई महशुस भयो कि मैले फिल्मबाहेक अरु केही गर्न नै नसक्ने रहेछु,’ उनले भने ।
 
प्रदीप अभिनीत नयाँ फिल्म ‘प्रकाश’ भदौ १० गतेबाट प्रदर्शनमा आउँदैछ । डेब्यू फिल्मदेखि चकलेटी अनुहार बेच्दै आएका उनले ‘प्रकाश’मा भने भिन्न चरित्र बाँचेका छन् । फिल्ममा उनी गाउँले चरित्रमा प्रस्तुत छन् । यो फिल्ममा हिरो नभइ कलाकार बन्ने प्रयास गरेको बताउने उनले यसपटक आफूलाई अलग खालको चरित्रमा पनि बाँच्न सक्ने कलाकारको रुपमा स्थापित गर्नुपर्ने चुनौती छ ।