Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल

फिल्मीखबर, काठमाडौं, 2022/08/06
krishna malla
 
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः अभिनेता कृष्ण मल्ल चयन भएका छन् । शुक्रवार काठमाडौंमा आयोजित सोसाइटीको साधारण सभाले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, सोसाइटीको उपाध्यक्षमा पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चुनिएका छन् ।
 
साधारण सभाबाट सोसाइटीको ७ जना सदस्यहरुमा चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन भए । साधारण सभामा नेपाल फिल्म सोसाइटीको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्तिको प्रस्ताव पेश गरिएको थियो । र, त्यसलाई सर्वसम्मत पारित गरिएको छ । 
 
नेपाल फिल्म सोसाइटीको अमेरिका, बेलायत लगायतका विभिन्न देशहरुमा शाखा विस्तार भइसकेको छ । सोसाइटीले ४ वर्षदेखि अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पनि आयोजना गर्दै आएको छ । यसको पाँचौं संस्करण आगामी अक्टोबरमा हुँदैछ । पुनः अध्यक्षमा चयन भएपछि कृष्ण मल्लले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सोसाइटीले प्रयास र पहल गर्ने बताए ।