
विश्व प्रख्यात गायिका तथा अभिनेत्री लेडी गागाले हलिउडको सुपरहिट फिल्म ‘जोकर’को दोस्रो श्रृंखलामा मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन् । उनले ट्विटरमा एक म्यूजिकल टिजर शेयर गर्दै आफूले फिल्ममा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् । फिल्ममा उनी अभिनेता ज्याकिन फिनिक्सको अपोजिटमा देखिनेछिन् । फिल्मको नाम ‘जोकर : फोली अ डिक्स’ राखिएको छ ।
हलिउड मिडियाका अनुसार, यो म्यूजिकल फिल्म हुनेछ र लेडी गाना हार्ले क्वीनको भूमिकामा हुनेछिन् । गत ७ जूनमा निर्देशक टड फिलिप्सले स्क्रिनप्ले कभर इन्स्टाग्राममा शेयर गर्दै ‘जोकर’ सिक्वेलको घोषणा गरेका थिए । सिक्वेलमा ज्याकिनले नै जोकरको भूमिकामा अभिनय गर्नेछन् । उनले सन् २०१९ मा आएको फिल्म ‘जोकर’बाट उत्कृष्ट अभिनेताको अस्कार अवार्ड जितेका थिए ।
लेडी गागाले आफू फिल्ममा आबद्ध भएको घोषणा गरेसँगै उनको तारिफ र क्रिटिसाइज भइरहेको छ । कतिपयले उनलाई ‘जोकर’ सिक्वेलमा हेर्न आतुर रहेको प्रतिक्रिया जनाएका छन् भने कतिपयले ब्रान्ड फिल्मको सिक्वेललाई नै उनले बर्बाद बनाउने टिप्पणी गरेका छन् । ४ अक्टोबर सन् २०२४ मा फिल्म प्रदर्शन हुनेछ । यसको पहिलो पार्टले विश्वभर एक बिलियन डलर कमाएको थियो ।
Joker: Folie à Deux
— Lady Gaga (@ladygaga) August 4, 2022
10.04.24 pic.twitter.com/obp7T9lBFL

