Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा र आकाशको ‘सम्झना बिर्सना’ अब भारतमा

फिल्मीखबर, काठमाडौं, 2022/08/04
pooja and aakash
 
असार ३१ गते नेपालमा प्रदर्शन भएको निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना बिर्सना’लाई अब भारतका विभिन्न शहरमा प्रदर्शन गरिने भएको छ । दार्जिलिङ निवासी रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको फिल्मलाई आगामी ९ सेप्टेम्बर (भदौ २४ गते) बाट पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायतका ठूला शहरहरुमा प्रदर्शन गर्न लागिएको हो ।
 
‘हामी विभिन्न चरणमा फिल्म रिलिज गर्नेछौं,’ दार्जिलिङबाट प्रधानले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरबाट असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा प्रदर्शन गर्ने तयारी गरेका छौं भने तेस्रो चरणमा २१ अक्टोबरबाट भारतका अन्य शहरमा प्रदर्शन गर्नेछौं ।’ उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको र त्यसलाई विस्तार गर्न ‘सम्झना बिर्सना’को प्रदर्शनले सघाउने विश्वास व्यक्त गरे ।
 
भारतका हलमा फिल्मलाई अंग्रेजी सबटाइटलमा प्रदर्शन गरिने निर्माता प्रधानले जानकारी दिए । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौं । त्यसैले भारतमा नेपाली भाषामै रिलिज गर्नेछौं । तर, नेपाली नबुझ्नेहरुका लागि भने अंग्रेजी सबटाइटल राख्ने योजनामा छौं ।’ नेपालमा व्यवसायिक सफलता हात पार्न नसकेको फिल्मले प्रतिक्रिया भने राम्रो पाएको थियो । 
 
फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन् । सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि अभिनय रहेको फिल्मलाई दार्जिलिङ, सिलगुढी, सिक्किम क्षेत्रमा छायांकन गरिएको थियो । त्रिकोणात्मक प्रेमकथा बोल्ने फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी,अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत रहेको छ ।