चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले सिनेमा घरहरुलाई संरक्षण गर्न सकेको खण्डमा मात्र नेपाली फिल्म क्षेत्र सफल हुने धारणा राखेका छन् । बुधवार हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रममा उनले फिल्म क्षेत्रलाई बलियो बनाउन हलहरुको संरक्षण आवश्यक रहेको बताएका हुन् ।
.jpg)
उनले भने- ‘मैले सिनेमा घरहरुलाई नेपाली फिल्म क्षेत्रको मन्दिर भन्ने गरेको छु । यदी मन्दिर नै छैन भने कहाँ फिल्म चल्छ अनि कहाँ पुजा गर्ने ? त्यो मन्दिरलाई हामी सबै मिलेर संरक्षण गर्न सकेनौं भने फिल्म क्षेत्र सफल हुन सक्दैन । त्यसैले सिनेमा घरहरुको समस्यालाई पनि अवश्य समाधान गर्नेछु ।’ उनले नेपालमा हलको संख्यामा वृद्धि हुन आवश्यक रहेको पनि धारणा राखेका छन् ।
अध्यक्ष केसीले राज्यको तर्फबाट सहयोग नमिलेकाले फिल्म क्षेत्रले छलाङ मार्न नसकेको पनि तर्क गरे । ‘फिल्म क्षेत्रलाई राज्यले जसरी सहयोग गर्नुपर्थ्यो, त्यो भएको छैन । जसले गर्दा फिल्म क्षेत्रले छलाङ मार्न सकेन । मलाई सरकारले ‘तपाईं केही गर्नुस् हामी साथ-सहयोग गर्छौं’ भनेर वाचा गरेकाले अब नेपाली फिल्म क्षेत्रलाई राज्यबाट पूर्ण सहयोग मिल्छ भन्नेमा विश्वस्त छु,’ उनी सुनिए ।
.jpg)
उनले फिल्म सम्बद्ध सबै संघ-संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफूबाट कसैलाई काखा र कसैलाई पाखाको व्यवहार नहुने उनको भनाई छ । अध्यक्ष केसी अगाडि भन्छिन्, ‘मैले नजानेका र नबुझेका कुराहरु धेरै छन् । मैले नजानेका कुराहरु संघ-संस्थाहरुलाई साथमा राखेर सिक्नेछु र फिल्म क्षेत्रका समस्याहरु क्रमशः समाधान गर्न प्रयास गर्नेछु ।’

