Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलिया शोमा ‘दोख’को प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2022/08/02
dokh-1
 
अनुप बरालको निर्देशनमा बनेको फिल्म ‘दोख’को नेपाल प्रदर्शन लगत्तै अष्ट्रेलियामा विशेष शो गरिएको छ । सोमवार अष्ट्रेलियाको सिड्नीमा भएको विशेष शोमा उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । आफ्नो फिल्म ‘बद्री बहादुर’को प्रिमियरमा सहभागी हुन अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले पनि ‘दोख’ हेरेका थिए । अष्ट्रेलिया शोमा फिल्मलाई प्रशंसा मिलेको छ । 
 
निर्माता मनोज अधिकारीले अष्ट्रेलियाको अन्य शहरमा पनि चाँडै फिल्मको विशेष शो आयोजना हुने जानकारी दिए । दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गरेको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप,राज थापा काउछा, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
 
dokh-1
 
द्वन्द्वकालमा सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीच उत्पन्न झगडाको विषयलाई मुख्य कथा बनाएर निर्माण भएको ‘दोख’ को निर्मातामा अधिकारीसँगै सविन ज्ञवाली रहेका छन् भने भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माता हुन् । फिल्ममा राजन कठेतको कथा लेखन, शैलेन्द्र डी. कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठले सम्पादन रहेको छ ।