Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब भारतमा प्रदर्शन हुँदै ‘जीवन काँडा कि फूल’

फिल्मीखबर, काठमाडौं, 2022/08/02
jeewan kada fool thmb
 
नेपाल प्रदर्शनको दुई वर्षपछि फिल्म ‘जीवन काँडा कि फूल’ छिमेकी मुलुक भारतमा प्रदर्शन हुने भएको छ । फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ तारिखबाट भारतका विभिन्न स्थानहरूमा फिल्म प्रदर्शन हुन लागेको जानकारी दिइन् । सिक्किम, दार्जिलिङ, कर्स्याङ, कलिङ्पोङ्, मिरिकसँगै भारतको उत्तरपूर्वका राज्यहरुमा फिल्म प्रदर्शन हुने उनको भनाई छ । 
 
‘जीवन काँडा कि फूल’ साहित्यकार झमक घिमिरेको मदन पुरस्कार कृतिमाथी बनेको हो । कृति पढिसकेका र नेपाल प्रदर्शनको समयबाट प्रतिक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भए अनुसार प्रदर्शन गर्न लागिएको निर्देशक विनोद विष्टले बताए । भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन् ।
 
नेपालमा प्रदर्शन पश्चात विभिन्न संघ-संस्था तथा विधालयहरूमा निरन्तर फिल्मको च्यारिटी प्रदर्शन भइरहेको छ । फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भुमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । त्यस्तै, सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधानलगायतका कलाकारको पनि अभिनय छ ।
 
फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र संवाद झमकसँग मिलेर मुक्तीले लेखेकी हुन् । शिव ढकालको छायांकन, कमल राईको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् । फिल्ममा समावेश गीतमा शब्द तथा संगीत प्रकाश शिवाकोटीको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेखेकी छिन् ।