Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीतमा प्रकाश र केकीको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/08/01
Keki Adhikari & Prakash Saput
 
आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ भन्’ बोलको प्रेमिल गीत भगवान् शिवको विशेष दिन पारेर सोमवार सार्वजनिक गरिएको छ । निशान भट्टराईको स्वर रहेको गीतमा रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ । २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा राखिएको हो ।
 
गीतको भिडियोका फिल्मका अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिचर छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा प्रकाश र केकीको केमेस्ट्री सुहाएको देखिन्छ । तर, तालबाराही मन्दिरको दृश्यमा दर्जनौं महिला कोरस डान्सरलाई अनावश्यक र विना औचित्य ठाउँ दिँदा भिडियोको सौन्दर्यमा दाग लागेको भान हुन्छ ।
 
नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको फिल्ममा केकी र प्रकाशका अलावा प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय रहेको छ । गायन क्षेत्रमा ठूलो ख्याती कमाएका प्रकाश सपुतले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । 
 
‘परदेशी २’को कथा रमेश बिजीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछानेसँगै गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । फिल्मको वितरण काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ । यो फिल्मको पहिलो श्रृंखला बक्सअफिसमा सुपरहिट भएको थियो ।