Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्स्टा कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर बनेपछि नम्रताले भनिन्, ‘मेरो जिम्मेवारी बढ्यो’

फिल्मीखबर, काठमाडौं, 2022/07/31
विदेशमा अध्ययन गर्न चाहने विद्यार्धीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् । आइतवार कन्सल्टेन्सीको कार्यालयमा आयोजित एक कार्यक्रमबीच कन्सल्टेन्सी र नम्रताबीच सम्झौता पत्र आदान-प्रदान भयो । उनी ब्रान्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो ।
 
namrata sapkota
 
एजुकेशन कन्सल्टेन्सी एशोसियस अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले रिवन काटेर पुतलीसडकमा रहेको स्टार मलको चौथौं तल्लामा अवस्थित कन्सल्टेन्सीको उद्घाटन गरे । ब्रान्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् । आफूले बोल्दा कसैको जीवन र करिअरसँग सम्बन्धि हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्रान्ड एम्बास्डर बन्ने निर्णय गरेको उनको भनाई छ ।
 
namrata sapkota
 
उनी भन्छिन्, ‘बाहिर जाने कुरा एउटा व्यक्तिको जीवन र करिअरसँग जोडिन्छ । विदेश जाने निर्णय गर्दा जिन्दगीको स्वर्णिम चिजहरु जम्मा गरेर आफ्नो जिन्दगी अगाडि बढाउनु पर्छ । आजबाट मेरो अझ जिम्मेवारी बढेको महशुस भएको छ । किनकि, अब मेरो हरेक बोलीमा कसैको जीवन र करिअर जोडिएको हुन्छ । त्यसैले यो जिम्मेवारी एकदमै गाह्रो छ । विद्यार्थीहरुलाई सही मार्गनिर्देशन गर्न म सञ्चालकहरुलाई सधैं झकझकाइरहनेछु ।’
 
namrata sapkota
 
कन्सल्टेन्सीका निर्देशक तथा अष्ट्रेलियाका इमिग्रेशन एजेन्ट हिरा कँडेलले विगत लामो समयदेखि अष्ट्रेलियाबाट सेवा प्रदान गर्दै आएको भए पनि अब नेपालबाट विद्यार्थीहरुलाई अष्ट्रेलिया लगायतका राष्ट्रमा सहयोग गर्न कार्यालय खोलेको बताए । त्यस्तै, कन्सल्टेन्सीका नेपाल कार्यालयका एमडी हरी प्रपन्न कँडेलले आफूले लामो समयदेखि शिक्षा क्षेत्रमा बटुलेको अनुभवलाई विद्यार्थीको विदेश अध्ययन सहज बनाउन खर्चिने बताए । हरी प्रपन्न कँडेलले गोल्डेन गेट कलेज लगायतका विभिन्न क्याम्पसहरुमा अध्यापन गर्दै आएका छन् ।
 
namrata sapkota 6
 
इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको अष्ट्रेलियाको सिड्नीमा केन्द्रिय कार्यालय रहेको छ । अष्ट्रेलिया कार्यालयको प्रमुखमा हरी सापकोटा छन् । यस कन्सल्टेन्सीबाट अष्ट्रेलियासँगै क्यानडा, अमेरिका लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने सापकोटाको भनाई छ । कन्सल्टेन्सीको कार्यालय उद्घाटन कार्यक्रममा गायक थानेश्वर गौतम, निर्देशक सुव्रतराज आचार्य, गायिका रितु कँडेल लगायतको उपस्थिति रहेको थियो ।