Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’को छायांकन अन्योल हुँदा विपिनले थाले ‘के घर के डेरा’को डविङ

फिल्मीखबर, काठमाडौं, 2022/07/30
bipin karki
 
सुटिङमा निस्किएर पनि कलाकार र निर्माता-निर्देशकबीचको मतभेदका कारण रोकिएको फिल्म ‘प्रसाद २’को छायांकन अन्योल बनेपछि अभिनेता विपिन कार्कीले आफू अभिनीत फिल्म ‘के घर के डेरा’को डविङ थालेका छन् । शुक्रवार उनको भागको डविङ गर्दै फिल्मको पोष्ट प्रोडक्सन काम सुरु भएको हो । विपिनपछि अभिनेता दयाहाङ राईको डविङ गर्ने तयारीमा निर्माण टिम छ ।
 
दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् । 
 
फिल्ममा सिंगे लामाको कथा र महेश दवाडीको पटकथा तथा संवाद छ । शंकर थापा स्माइलको संगीत, सुब्रतराज आचार्यको गीत रचना, दिर्घ गुरुङको छायांकन रहेको फिल्मलाई सम्पादन गर्ने जिम्मेवारी दिर्घ खड्काको काँधमा छ । निर्देशक खनालले आफ्नो सोचअनुसार नै फिल्म निर्माण गरेको बताएका छन् । दीपेन्द्रले तीन वर्षपछि कमर्शियल फिल्म निर्देशनमा पुनरागमन गरेका हुन् ।