Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिरुनाविरुद्ध फुर्पाले गरे कुटपिट सम्बन्धि मुद्दा दर्ता

फिल्मीखबर, काठमाडौं, 2022/07/28
miruna magar(6)
 
आफू अभिनीत फिल्म ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न जेठ १६ गते काठमाडौंको सिभिल हलमा जाने क्रममा अभिनेत्री मिरुना मगरले ‘ब्याड टच’ गरेको भन्दै बौद्ध भिक्षु फुर्पा तामाङलाई थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । उनले थप्पड हानेको भिडियो भाइरल भएपछि मिरुना र ‘कबड्डी ४’ विरुद्ध बौद्ध धर्मालम्बीहरु सडकमै उत्रिए । जेठ १७ गते तीन हजार धरौटीमा फुर्पा छुटे । 
 
उनी प्रहरीबाट छुटेकै दिन केही बौद्ध धर्मालम्बीहरु र ‘कबड्डी ४’ टिमको रोहबरमा फुर्पा र मिरुनाले आ-आफ्नो गल्ती स्वीकार गर्दै एकअर्कासँग माफी गरे । तर, यो मिलापत्र भएकोप्रति बौद्ध धर्मालम्बीहरुको ठूलो जमातले व्यापक विरोध गर्‍यो । आफ्नो पक्षमा आवाज उठ्न थालेपछि फुर्पाले पनि बोली फेर्दै मिरुना रोएपछि नगरेको गल्ती पनि स्वीकार गरेर माफी मागेको बताएका थिए । 
 
‘कबड्डी ४’ले प्रदर्शनको ५१ दिन मनाएर हलबाट पनि उत्रिसकेपछि फुर्पा र मिरुनाको विवाद फेरि बल्झिएको छ । बिहीवार फुर्पाले मिरुनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिट सम्बन्धि मुद्दा दर्ता गरेका छन् । तामाङले मुद्धामा मगरसँगै फिल्मका प्राविधिक पृथ्वीसिंह ठकुरीलाई विपक्षी बनाएका छन् । उनले दुवै जनालाई कानुन बमोजिम सजायको माग गरेका छन् ।
 
गत जेठमा फुर्पा र मिरुनाबीच भएको मिलापत्रमा लेखिएको थियो, ‘दर्शकसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु घर स्थायी भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी मिरुनासँग माफी मागेको र मिरुना मगरले पनि भाई सम्झेर माफी दिएकी छन् ।’ मिरुना अहिले परिवारसँग लण्डनमा छिन् ।