Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ’को ‘ईश्वरसँग पनि’ गीतमा आमा र सन्तानबीचको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/07/27
Keki, Aanchal, Kamal, Asmita
 
एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । आमा र सन्तानबीचको प्रेम बोल्ने गीतको भिडियोमा फिल्मका चल-अचल दृश्यहरु समावेश छन् ।
 
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा फिल्मका प्रमुख कलाकारहरु केकी अधिककारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । गाउँले परिवेश उतारिएको फिल्ममा मुकुन-केकी र कुशल-आँचल श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत छन् भने केकी र आँचलले जेठानी र देवरानीको भूमिकामा अभिनय गरेका छन् ।
 
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्मित फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतको पनि अभिनय छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।
 
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘आगो बिना बिँडी जल्दैन’ गीत लोकप्रिय भइसकेको छ । यो गीतले फिल्मको व्यापारमा फाइदा पुग्ने अपेक्षा निर्माण टिमको छ ।