.jpg)
सुदर्शन थापा निर्देशित सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’ले अष्ट्रेलियाबाट विदेश प्रदर्शन सुरु गरेको छ । फिल्मको जुलाई दोस्रो सातादेखि अष्ट्रेलियाका तीन शहरमा प्रिमियर भइसकेको छ । जुलाई १८ मा न्यूक्यासल, जुलाई २२ मा सिड्नी र जुलाई २६ मा मेलबर्नमा फिल्मको प्रिमियर भएको हो । प्रिमियरका लागि अभिनेत्री पूजा शर्मा र निर्देशक थापा यतिबेला अष्ट्रेलियामा छन् ।
.jpg)
तीनवटै शहरमा फिल्म हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको ओभरसिज राइट्स खरिद गरेको कम्पनी नेप्सिनेका नेपाल प्रमुख विधान कार्कीले बताएका छन् । मंगलवार मेलबर्नमा अवस्थित ३ सय सिट क्षमताको हूवर सिनेमा हलमा फिल्म हेर्नका लागि साढे २ सयभन्दा बढी दर्शकको उपस्थिति रहेको र अधिकांशले फिल्मलाई रुचाएको आयोजक विशाल बुढाथोकीले जानकारी दिए ।
.jpg)
त्यस्तै, कृष्णराज अर्यालले न्यूक्यासलमा फिल्मको प्रिमियर आयोजना गरेका हुन् भने कलर अफ नेपालले सिड्नी प्रिमियर गरेको हो । तीनवटै प्रिमियरमा पूजाको गजबको क्रेज देखिएको थियो । फिल्म हेर्नुभन्दा अगाडि र हेरिसकेपछि उनीसँग फोटो खिच्न दर्शकहरुको भीड लागेको विधान कार्कीले बताए । सुदर्शन थापाप्रति पनि दर्शकहरुले उतिक्कै प्रेम दर्शाएको उनको भनाई छ ।
.jpg)
सांगीतिक लभस्टोरीमा निर्माण भएको फिल्ममा पूजासँगै पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका छ । सुदर्शन थापाले पूजासँग मिलेर फिल्मको निर्माण गरेका हुन् । जन्म जय साम्पाङ राई सह निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

