Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइँ’ कात्तिक २५ मा

फिल्मीखबर, काठमाडौं, 2022/07/25
SOORAJ R BARJATYA
 
२०७८ सालको कात्तिकमा नेपालमा छायांकन भएको बलिउडको मल्टीस्टारर फिल्म ‘उचाइँ’ले प्रदर्शन मिति घोषणा गरेको छ । सोमवार निर्माण कम्पनी राजश्री प्रोडक्सनले आगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेलाई फिल्मको प्रदर्शन मिति तोकेको हो । यो मितिमा नेपाली तीन फिल्म ‘ह्यारी की प्यारी’, ‘पासो’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शनमा आउने तयारीमा छन् । 
 
सूरज बडजात्या निर्देशित ‘उचाइँ’को करीब २५ दिन नेपालको लुक्ला, नाम्चे, मनाङलगायतको क्षेत्रमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतले नेपालमा फिल्मको छायांकन गरेका थिए । फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको छ ।
 
अमिताभ भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । उनको नेपालको सिनमा नेपाली कलाकारले डमी बनेर अभिनय गरेका छन् । भारतमा छायांकन भएको फिल्मको ‘केटीको केटीको’ गीतमा भने अमिताभसहित अनुपम, बोमन, डेनी डेन्जोङ्पा लगायतका कलाकारले ढाका टोपीमा कम्मर मर्काएका थिए । फिल्मले तीन पाका उमेरका साथीको नेपाल भ्रमणको कथा भन्छ ।
 
UUNCHAI
 
यो फिल्ममा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ । परमिताले फिल्ममा नानी गुप्ताको डमी पात्र निभाएकी छन् । नेपालमा छायांकन भएकाले ‘उचाइँ’ले नेपालमा राम्रो कमाई गर्ने विश्लेषण गरिएको छ ।