Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राधा’ ट्रेलरमा श्रीमानको खोजी गरिरहेकी सृष्टि

फिल्मीखबर, काठमाडौं, 2022/07/24
Shristi, Khagendra, Nischal, Saugat
 
अभिनेता सौगात मल्लले पहिलो पटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार यूट्युबमार्फत् सार्वजनिक भएको २ मिनेट ३० सेकेन्ड लम्बाईको ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले ड्राइभरी पेशा गर्ने श्रीमान (सौगात मल्ल) को खोजी गर्ने क्रममा आउने उतार-चढावलाई देखाइएको छ । ट्रेलरमा सृष्टिको लुक्स र अभिनय प्रशंसनीय छ ।
 
फिल्ममा सौगात र सृष्टिसँगै दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय छ । सुवर्ण थापा निर्देशित फिल्ममा बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले सौगातसँग मिलेर फिल्मको निर्माण गरेका हुन् ।
 
आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो फिल्म आफ्नी आमाको सम्झनामा बनाएको सुवर्णको भनाई छ ।
 
पहिलो फिल्म ‘गाजलु’मा लभर गर्लको रुपमा प्रस्तुत भएकी सृष्टि विस्तारै चारित्रिक भूमिकामा ढल्न थालेकी छन् । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइकल अधिकारी’मा पनि उनले चुनौतीपूर्ण चरित्रमा अभिनय गरेकी छन् । ‘द सिक्रेट्स अफ राधा’मा निर्वाह गरेको चरित्रले भने सृष्टि श्रेष्ठलाई नयाँ पहिचान दिलाउने देखिन्छ । यो फिल्म भदौ १० गतेबाट प्रदर्शन हुँदैछ ।