Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब मिथुन चक्रवर्तीले सुसाइड गर्नेबारे सोचे...

एजेन्सी, मुम्बई, 2022/07/24
Mithun Chakraborty admitted to hospital with kidney stone, on the way to recovery
 
बलिउड अभिनेता मिथुन चक्रवर्तीले जब १९७६ मा फिल्म ‘मृग्या’बाट डेब्यू गरे, पहिलो फिल्मले नै उनलाई राष्ट्रिय अवार्ड दिलायो । सुपरहिट डेब्यू पाउनु हरेक कलाकारको भाग्यमा हुँदैन । मिथुनले भने पहिलो फिल्मपछि करिअर फर्केर हेर्नु परेन । तर, उनको फिल्म यात्रा त्यति सहज भने भएन । उनको जीवनमा कयौं उतार-चढाव आए । एकपटक उनले सुसाइड गर्नेसम्म सोचेका थिए । 
 
८० र ९० को दशकमा एकछत्र राज गरेका मिथुनले जीवनको उतार-चढावबारे भनेका छन्, ‘म खासै यस विषयमा कुरा नै गर्दिनँ । संघर्षको दिनको कुरा नगर्नु नै राम्रो हुन्छ किनकि यसले नयाँ कलाकारलाई हतोत्साहित बनाउन सक्छ । हरेक मान्छे संघर्षको दिनबाट गुज्रनु पर्छ तर मेरो संघर्ष अलि बढी थियो ।’ संघर्षदेखि थाकेर आफूले सुसाइड गर्ने सोच समेत बनाएको उनी बताउँछन् ।
 
‘कहिले काहिँ मलाई लाग्थ्यो कि म आफ्नो उद्देश्य पूरा गर्न सक्दिनँ । मैले सुसाइड गर्ने बारेमा पनि सोचेको थिएँ । केही कारणले म कोलकाता फर्किन सकिनँ,’ संघर्षपछि सफलता मिल्ने बताउँदै उनले अगाडि भने, ‘मेरो सल्लाह छ कि कहिल्यै पनि बिना संघर्ष आफ्नो जिन्दगी सिध्याउँछु भनेर नसोच्नु । म जन्मजात योद्धा हुँ । मलाई थाहा छैन कि कसरी हारिन्छ । अब हेर्नुहोस् म कहाँ छु ।’
 
मिथुन चक्रवर्तीको अभिनयको ‘द ताशकन्द फाइल्स’ र ‘द कश्मीर फाइल्स’ जस्ता फिल्ममा निकै प्रशंसा भएको थियो । उनले एक समय कयौं बंगाली फिल्ममा पनि काम गरेका छन् । अब उनी ‘प्रजापति’को मार्फत् फेरि बंगाली फिल्ममा पुनरागमन गर्दैछन् । तीन सयभन्दा बढी फिल्ममा काम गरिसकेका उनी आज पनि कुनै नयाँ फिल्मको सुटिङ हुँदा आफू नर्भस हुने गरेको बताउँछन् ।