Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकलाई ‘म’को ट्रेलर देखाउने जुक्ति

फिल्मीखबर, काठमाडौं, 2022/07/24

movie - ma

 

साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म’को टिमले प्रचारलाई प्रभावकारी बनाउन विभिन्न शैली अपनाएको छ । केही दिनअघि काठमाडौंको सडकमा हिँड्ने आम-मानिसलाई फिल्मको बारेमा जानकारी गराइएको थियो । प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकहरुको फिल्मप्रति ध्यान खिच्न काठमाडौंको चोक-चोकमा राखिएको डिजिटल स्क्रिनहरुमा ट्रेलर देखाउन सुरु गरिएको छ । 

 

काठमाडौंको चोकमा जाममा परेका आम-मानिसहरुलाई लक्षित गरेर डिजिटल स्क्रिनमार्फत् फिल्मको ट्रेलर देखाउन थालिएको निर्माता प्रकाश पुरीले जानकारी दिए । एकचोटी धेरै दर्शकसम्म पुग्नका लागि यो प्रचार शैली प्रभावकारी हुने उनको विश्वास छ । अहिले कलंकी, माईतीघर, कमलादी, दरबारमार्ग, चाबहिललगायतका चोकहरुमा रहेका स्क्रिनमा फिल्मको ट्रेलर बजिरहेको छ । 
 
निर्माता पुरीले भने- ‘काठमाडौंको मुख्य चोकहरुमा अहिले पनि दैनिक हजारौं यात्रुहरु जाममा पर्नुपर्ने बाध्यता कायमै छ । फिल्म हेर्न हलसम्म नजाने र युट्युबमा ट्रेलर नहेरेका सर्वसाधारणले पनि फिल्मको बारेमा थाहा पाउने यो शैली प्रभावकारी हुन्छ भन्ने लागेको छ । यदी यसले फिल्मको व्यापारमा फाइदा पुग्यो भने आगामी दिनमा अधिकांश नेपाली फिल्मले यो ट्रेन्ड पछ्याउनेछ ।’ 
 
movie - ma
 
फिल्म सम्बन्धि अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्ममा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । सुवर्ण थापा निर्देशित फिल्ममा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ भने निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् ।