Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आम-मानिससँग आमने-सामने हुन ‘म’को प्रचार सडकमा

फिल्मीखबर, काठमाडौं, 2022/07/22
movie - ma
 
साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म’को टिमले आम-मानिससँग प्रत्यक्ष रुपमा आमने-सामने हुने उद्देश्यसहित सडकबाट प्रचार सुरु गरेको छ । शुक्रवार फिल्मको टिमका सदस्यहरुले अनुहारमा कलात्मक पेन्टिङ्गसहित ‘म’ अंकित टिसर्ट लगाएर काठमाडौंका विभिन्न चोक तथा गल्लीहरुमा सर्वसाधारणसँग प्रत्यक्ष भेट गर्दै फिल्मको बारेमा जानकारी गराएका थिए । 
 
फिल्मको फरक शैलीको प्रचार शैलीबारे निर्माता प्रकाश पुरीले भने- ‘सडकमा हिँड्ने आम मानिससँग प्रत्यक्ष रुपमा आमने-सामने हुँदा चल्दै आएको प्रचार ट्रेन्डभन्दा केही प्रभावकारी हुने सम्भावना देखेपछि हामीले यो शैली अपनाएका हौं । यो प्रचार शैलीले आम-मानिसलाई फिल्मप्रति आकर्षित गरेको पायौं । अब यो प्रचार अभियानलाई फिल्म प्रदर्शनको समयसम्म निरन्तरता दिनेछौं ।’
 
शुक्रवार काठमाडौंको मुटु मानिने अनामनगर, नयाँ बानेश्वर, कमलपोखरी, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर र पुतलीसडकमा सडक प्रचार अभियान गरिएको थियो । योसँगै फिल्मको ट्रेलर काठमाडौंका प्रायः सबै चोकमा रहेका डिजिटल स्क्रिनहरुमा पनि देखाउन सुरु गरिएको निर्माता पुरीले बताए । फिल्मको बिहीवार एक कार्यक्रमका बीच सस्पेन्स ट्रेलर सार्वजनिक गरिएको थियो । 
 
movie - ma
 
कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्ममा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । सुवर्ण थापा निर्देशित फिल्ममा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ । फिल्मको निर्माताहरुमा बिमला हुमागाईं र पदम पुरी रहेका छन् ।