Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रामकृष्ण ढकाल फिल्म अभिनयमा फर्किन तयार

फिल्मीखबर, काठमाडौं, 2022/07/22
ramkrishna dhakal
 
गायन पृष्ठभूमिका कयैन् गायकहरु नेपाली फिल्मको नायक समेत बनेका छन् । लोकप्रिय गायक रामकृष्ण ढकालले समेत गायक करिअरको उचाईंमा रहँदा फिल्म ‘आर्शिवाद’मा मुख्य भूमिकामा अभिनय गरेका थिए । दरबार हत्याकाण्डको समयमा प्रदर्शन भएकाले फिल्म व्यवसायिक रुपमा खासै सफल हुन सकेन । तर, रामकृष्णको गायकी झैं अभिनयको पनि प्रशंसा भएको थियो । 
 
‘आर्शिवाद’पछि उनलाई फिल्मबाट अफर नभएका होइनन् । तर, पहिलो फिल्म प्रदर्शनको करीब २० वर्षपछि पनि उनले नयाँ फिल्ममा काम गरेका छैनन् । बेला बखतमा आफैंले गाएको गीतको भिडियोमा भने उनले अभिनय गरिरहेका हुन्छन् । बिहीवार उनले अभिनय र स्वर भरेको ‘काली’ गीत सार्वजनिक भयो । गीतमा उनको जोडी अभिनेत्री नम्रता सापकोटासँग बाँधिएको छ । 
 
उक्त गीत सार्वजनिक कार्यक्रममा उनले फिल्म अभिनयमा फर्किने आफ्नो सोच रहेको बताए । उनले भने- ‘फिल्ममा फेरि काम गर्ने सोच त छ । कहिले काहिँ सोचेको कुरा पनि पुग्दैन, कहिले काहिँ नसोचेको कुरा पनि पुग्छ । हेर्दै जाउँ भोलीका दिनमा के हुन्छ । मेरो चाहना यथार्थपरक फिल्ममा काम गर्ने हो । ड्रामाट्रिकल भन्दा पनि यथार्थमा रहेर बनेको फिल्ममा काम गर्न मन छ ।’ 
 
आफूले गाएको गीतमा आफैंले अभिनय गर्दा अझ जीवन्त बन्ने उनको बुझाई छ । ‘पछिल्लो समय आफूले गाएको गीतमा आफैंले अभिनय गर्ने ट्रेन्ड बढेको छ,’ गायक ढकाल भन्छन्, ‘गायकले त्यो गीतलाई जति बुझेको हुन्छ सायद कलाकारले त्यति नबुझ्ला । गाउने व्यक्तिले अभिनय गर्दा अझ जीवन्त आउन सक्छ । अनि, अभिनय र गायकीको सम्बन्ध भनेको नंग र मासुको जस्तै हो ।’