Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीयाले दिनेश राउतलाई किन भनिन् ‘जिद्धी’ निर्देशक ?

फिल्मीखबर, काठमाडौं, 2022/07/21
diya maskey
 
आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’लाई ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्तो ‘फुल’ कमर्शियल फिल्मका निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । बासी र घिसिपिटी लभस्टोरीलाई चटक्क छाडेर फिल्म ‘प्रसाद’देखि आफ्नो ‘ट्रयाक’ परिवर्तन गरेका उनी अब नेपाली समाजभित्रको मुद्धालाई देखाउनु पर्छ भन्ने सोचबाट निर्देशित छन् । त्यसैको जन्म हो, ‘प्रकाश’ ।
 
निर्देशक राउतसँग सहकार्य गरेका कलाकारहरुले उनीसँग काम गर्न सहज नहुने बताउँछन् । यसै हप्ता ‘प्रकाश’को ट्रेलर रिलिज कार्यक्रममा पनि अभिनेत्रीद्वय दीया मास्केले ‘जिद्धी’ र रेणु योगीले उनलाई ‘क्रान्तिकारी’ निर्देशकको संज्ञा दिए । दीयाले त आफूले अहिलेसम्म दिनेश राउत जस्तो ‘जिद्धी’ निर्देशकसँग काम नै नगरेको बताउँदै आफ्नो लागि काम गर्न चुनौतीपूर्ण रहेको बताइन् ।
 
उनले भनेकी छन्, ‘मैले काम गरेका निर्देशकभन्दा सबैभन्दा ‘जिद्धी’ निर्देशक हो उहाँ । उहाँलाई के चाहिन्छ त्यही मात्र चाहिन्छ र निकाल्नु हुन्छ । त्यसबेला उहाँले कलाकारको स्टारडम केही हेर्नुहुन्न । उहाँले सिर्फ चरित्र र फिल्म देख्नुहुन्छ । जुन एकदमै राम्रो कुरा हो । मैले उहाँले सोचेको सीता चरित्रलाई न्याय गर्न सकेँ वा सकिनँ थाहा छैन, तर यो मेरो लागि एकदमै यादगार यात्रा रह्यो ।’
 
दीयाको गत महिना फिल्म ‘दोख’ रिलिज भएको थियो । यसमा उनी गाउँले चरित्रमा थिइन् । ‘प्रकाश’मा पनि उनले जुम्लाको विपन्न महिलाको भूमिका निर्वाह गरेकी छन् । जसले गर्दा दुवै फिल्ममा उनको चरित्र एकैखालको देखियो भन्ने टिप्पणी भइरहेको छ । तर, दीयाले गाउँले लुगा लगाउँदैमा वा कुनै समुदायको भाषा बोल्दैमा एकैखालको फिल्म र चरित्र भन्न नमिल्ने तर्क गरेकी छन् ।
 
‘एउटा आमाले जन्माएको दुईवटा बच्चा त फरक हुन्छ । ‘प्रकाश’मा मैले निर्वाह गरेको चरित्र ‘दोख’भन्दा फरक हो र फरक फिल्म हो । हाम्रोमा गाउँले चरित्र निर्वाह गरेको छ भने त्यसलाई आर्ट मुभि भनेर छुट्याउँछौं । त्यो एकदमै गलत हो । फिल्म हिट हुन्छ कि हुँदैन भनेर कसैले भन्न सक्दैनौं । दर्शकको स्वाद परिवर्तन भइरहेको हुन्छ । हामीले त आफ्नो कोशिश गर्ने हो,’ उनले भनिन् ।