Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइकल अधिकारी’को ट्रेलर रिलिज, पैसाका लागि कोख भाडामा लगाउनेको कथा

फिल्मीखबर, काठमाडौं, 2022/07/20
Saugat Malla, Shristi Shrestha
 
रन्जित रौनियार निर्देशित फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन सबै मिश्रित छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठको घर झगडाबाट सुरु भएको ट्रेलर पीडादायक कथा भन्दै सकिएको छ ।
 
शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने महिला (सृष्टि श्रेष्ठ) आमा बनेपछि बच्चा अरुलाई सुम्पिन तयार नभएपछिको परिस्थितिलाई फिल्मले बोल्ने ट्रेलरमार्फत् प्रस्ट्याउन खोजिएको छ । केही अपाच्य दृश्यबाहेक ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ छ । ट्रेलरमा सृष्टिको अभिनयमा परिपक्वता देखिएको छ । 
 
उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको फिल्ममा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार यिओको अभिनय छ । गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रूण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा आधारित भएर फिल्म निर्माण भएको हो ।
 
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । निर्देशक रन्जितको कथा रहेको यो फिल्म भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।