Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

पूजा लक्षित प्रदीपको बयान- ‘स्क्यान्डलले फिल्म चल्दैन’

फिल्मीखबर, काठमाडौं, 2022/07/19
pradeep khadka
 
गत वर्ष पूजा शर्माले हिरासतमा रहेका अभिनेता पल शाहको नाममा आँशु झारेर फिल्म ‘म यस्तो गीत गाउँछु २’ चलाएको आरोप लाग्यो । तर, यही शुक्रवारबाट प्रदर्शनमा आएको उनको अर्को फिल्म ‘सम्झना बिर्सना’ले भने दर्शकको साथ नै पाएको छैन । जसले गर्दा फिल्म चलाउन कलाकार रुँनै पर्ने रहेछ भन्ने खालको टिका-टिप्पणी यतिबेला फिल्मवृत व्यापक रुपमा भइरहेको छ ।
 
मंगलवार फिल्म ‘प्रकाश’को एक कार्यक्रममा अभिनेता प्रदीप खड्काले पनि पूजाप्रति कटाक्ष गर्न छाडेनन् । एक पत्रकारको प्रश्नमा उनले आफूले हाँसेर फिल्म चलाउने बताए । स्क्यान्डलले फिल्म नचल्ने तर्क गर्दै उनले भने, ‘फिल्म कन्टेन्टले चल्ने हो । चर्चाले शुक्रवार व्यापारमा केही फाइदा त गर्दा तर, फिल्म नै राम्रो भयो भने मात्र चल्छ । स्क्यान्डलले फिल्म चल्छ भन्ने म चाहिँ मान्दिनँ ।’
 
कलाकारले दुःख पोखेपछि साथ र सहयोग गर्ने नेपालीहरुको स्वभाव नै रहेको बताउँदै उनले घुमाउरो रुपमा पूजाले दर्शकहरुको सान्त्वना बटुल्न ‘मिसयूज’ गरेको पनि आशय व्यक्त गरे । ‘हामी नेपाली इमोसनली बढी नै हुन्छौं । हामी सबैलाई माया गर्छौं । तर, हाम्रो मनलाई कसैले ‘मिसयूज’ गर्छ भने त्यो ‘मिसयूज’ गर्नेको समस्या हो । दर्शकहरुले त सान्त्वना देखाउनुहुन्छ,’ प्रदीपले भने ।
 
फिल्म ‘प्रेमगीत’बाट चम्किएका प्रदीप र पूजाको लामो समयदेखि पानी बाराबारको अवस्था छ । त्यही कारण उनीहरु मौका परेको बेला एकअर्काको कटाक्ष गर्न पछाडि पर्दैनन् । यसअघि पनि प्रदीपले फिल्म ‘लभ स्टेशन’को एक कार्यक्रममा पूजा शर्माप्रति लक्षित गर्दै आफ्नो केही अभिनेत्रीसँग दर्शकले जोडी नसुहाएको बताएका थिए । तर, प्रदीपभन्दा पूजा हिट फिल्म दिनेमा अगाडि छिन् ।
 
तस्विर : सुरेन्द्र थापा (स्माइल)