Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राधा’मा सृष्टि हुनुको कारण सौगात हुन् ?

फिल्मीखबर, काठमाडौं, 2022/07/19
saugat malla and shresti shrestha
 
जगजाहेर छ, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा छन् । ४ वर्षभन्दा लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरु यसै वर्षको मंसिरमा विवाहमा परिणत गर्ने तयारीमा छन् । प्रेममा डुबेपछि उनीहरुबीच व्यवसायिक सहकार्य पनि हुँदै आएको छ । ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘द सिक्रेट अफ राधा’ जस्ता फिल्ममा उनीहरुले एकसाथ काम गरेका छन् ।
 
सुवर्ण थापा निर्देशित ‘द सिक्रेट अफ राधा’ सौगातले पहिलो पटक निर्माण गरेको फिल्म हो । फिल्मको टाइटल क्यारेक्टरमा सृष्टि छन् । सौगातसँगको प्रेम सम्बन्धका कारण यो फिल्ममा सृष्टिले काम गर्न पाएको बताइन्छ । तर, सौगातले फिल्ममा सृष्टिलाई राख्न आफूले निर्देशकलाई कुनै दबाब नदिएको बताएका छन् । सृष्टिलाई फिल्ममा लिने निर्देशकको नै रोजाई रहेको उनको भनाई छ ।
 
सोमवार फिल्मको गीत सार्वजनिक कार्यक्रममा सौगातले भने- ‘सुवर्ण दाईले राधाको चरित्रमा सृष्टि कस्तो हुन्छ भनेर सोध्नुभएको थियो । उहाँलाई सृष्टि फिट हुन्छ भन्ने लागेरै सोध्नुभएको थियो होला । फिल्मको कुन चरित्रमा को सुहाउँछ भन्ने त निर्देशकलाई थाहा हुन्छ । मलाई पनि सृष्टिले यतिसम्म चाहिँ गर्न सक्छ भन्ने लाग्थ्यो । त्यसैले मैले पनि सृष्टिले यो गर्न सक्छ भनेर भनेको थिएँ ।’ 
 
निर्देशक सुवर्ण थापाले भने सृष्टि सौगातको प्रेमिका भन्दा पनि एउटा राम्रो कलाकार रहेको तर्क गरे । ‘सौगातसँग मिलेर फिल्म बनाएकाले सृष्टि लिएको होला भन्ने धेरैलाई लाग्न सक्छ । तर, सृष्टिको सौगातसँगको रिलेसनभन्दा पनि ऊ एउटा कलाकार हो,’ उनले भने, ‘मैले सृष्टिमा जुन संवेदना र क्षमता देखेँ, त्यो मेरो सोचसँग मेल खायो । त्यसैले उनलाई राधाको चरित्रमा लिएको हुँ ।’