Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.67/5.00)
Text size:-
+
-

आठ देशका लागि डेढ करोड बढीमा बिक्री भयो ‘प्रकाश’

फिल्मीखबर, काठमाडौं, 2022/07/17
pradeep khadka
 
टिजर र पोस्टरहरु सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘प्रकाश’ आगामी भदौ १० गतेबाट नेपालसहित विदेशका विभिन्न आठ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । महंगोमा विदेश राइट्स बिक्री गरेको निर्माण कम्पनी बिनिस इन्टरटेन्मेन्टले नेपालसहित भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ फिल्म प्रदर्शनमा आउने जनाएको छ । 
 
आठ देशका लागि फिल्मको राइट्स १ करोड ७२ लाखमा बिक्री भएको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए । उनले अन्य देशबाट पनि फिल्मको माग भइरहेको बताए । ओभरसिज राइट्स र डिजिटल राइट्सबाटै फिल्मको लगानी सुरक्षित हुने अवस्थामा पुगेको छ । चकलेटी अभिनेता प्रदीप खड्का पहिलो पटक फरक चरित्रमा प्रस्तुत भएकाले ‘प्रकाश’प्रति आशा र अपेक्षा उच्च छ ।
 
दिनेश राउत निर्देशित फिल्ममा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । जुम्लाको सरकारी विद्यालयको शिक्षक बन्ने एक विपन्न परिवारको युवकले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा प्रदीप खड्का जुम्लेली पात्रको रुपमा प्रस्तुत छन् । 
 
बिकास सुबेदीको लेखन रहेको चलचित्रको यही साउन ३ गते ट्रेलर सार्वजनिक हुँदेछ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, गीतमा सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।