Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो पूजाको ‘सम्झना बिर्सना’ र केकीको ‘सिल्ली फो’

फिल्मीखबर, काठमाडौं, 2022/07/15
samjhana birshana
 
जेठ १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि नेपाली फिल्मको व्यापार दयनीय बनेको छ । आशातित फिल्मले समेत दर्शकको साथ पाउन सकेका छैनन् । केही वर्षयता सिरिज फिल्मलाई मात्र दर्शकले विश्वास गरेको देखिन्छ । गत वर्ष ‘म यस्तो गीत गाउँछु २’ले नाफा कमायो भने यस वर्ष ‘ए मेरो हजुर ४’ र ‘कबड्डी ४’ सफल भए । अरु फिल्मको अवस्था हेर्न लायक रहेन ।
 
यसैक्रममा, शुक्रवारबाट दुई ‘फ्रेस’ फिल्म प्रदर्शनमा आएका छन् । निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना बिर्सना’ र राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ले एकसाथ प्रदर्शन सुरु गरेका हुन् । दुई फिल्ममध्ये मल्टीप्लेक्समा शो र संख्यात्मक रुपमा सिंगल थिएटर ‘सम्झना बिर्सना’ले बढी पाएको छ । फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् ।
 
पूजालाई राम्रो स्टारडम भएको अभिनेत्री भनिन्छ । तर, उनको स्टारडम आफैंले लगानी गरेको फिल्ममा मात्र देखिँदै आएको छ । उनले ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको समयमा बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सम्झिँदै आँशु झारेकी थिइन् । जसले गर्दा उनले रोएर फिल्म चलाएको आरोप लाग्यो । अब ‘सम्झना बिर्सना’को अवस्था के होला, केही दिनमा थाहा हुनेछ ।
 
आदित्य प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको पनि अभिनय रहेको छ । फिल्मले चिया बगानमा काम गर्ने कर्मचारीको मुद्धालाई समेत उठाएको छ । त्यस्तै, ‘सिल्ली फो’मा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछानेलगायतको अभिनय छ ।