Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार रेमनदासले गरे जर्मनकी प्रेमिकासँग बिहे

फिल्मीखबर, काठमाडौं, 2022/07/14
reman das shrestha
 
अभिनेता रेमनदास श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनले जर्मनकी प्रेमिका जना मुद्रासँग लगनगाँठो कसेका हुन् । बिहीवार काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । यो रेस्टुरेन्ट रेमनले अभिनेत्री नम्रता श्रेष्ठसँग मिलेर खोलेका हुन् । रेमनको विवाह कार्यक्रमका लागि बिहीवार एटिकले ग्राहकलाई दिने सुविधा बन्द गरेको छ ।  
 
रेमन र जनाको विवाहमा दुई पक्षका परिवार र आफन्तसँगै रेमन नजिकका केही फिल्मकर्मीहरु सहभागी छन् । विवाहका लागि जनाको परिवार यसै साता जर्मनीबाट नेपाल आएको थियो । रेमन र जना विगत ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । उनीहरुले हिन्दू परम्पराअनुसार नै विवाह गरेका छन् । रेमनदासले यही शनिवार चितवनमा रिसेप्सन पार्टी दिँदैछन् । 
 
कलाकार मदनदास श्रेष्ठका छोरा रहेका रेमनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’ लगायत एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनी चर्चित टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’मा होस्टको रुपमा आबद्ध छन् । एक समय रेमनको नम्रता श्रेष्ठसँग प्रेम चर्चा चलेको थियो । तर, अहिले उनीहरु विजनेश पार्टनर बनेका छन् ।