Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पुष २९ मा ‘दिलमाया २’, ‘छुट्छ कि साथ’ गीतलाई गरियो रिमेक

फिल्मीखबर, काठमाडौं, 2022/07/13
dilmaya 2 movie poster
 
२०६३ सालमा प्रदर्शन भएको फिल्म ‘दिलमाया’लाई निर्देशक राजु गिरीले सिरिजको रुपमा अगाडि बढाएका छन् । यो फिल्म प्रदर्शनको १६ वर्षपछि उनले फिल्म ‘दिलमाया २’ बनाएका छन् । बुधवार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । दुईमध्ये एउटा पोस्टरमा किरण नेपाली र अर्को पोस्टरमा सन्जीला पौडेल प्रस्तुत छन् ।
 
केही समयअघि फिल्मको छायांकन सकिएको जानकारी दिँदै निर्देशक गिरीले अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको बताए । उनका अनुसार, ‘दिलमाया’को लोकप्रिय गीत ‘छुट्छ कि साथ’लाई रिमेक गरेर फिल्ममा राखिएको छ । फिल्ममा सविन बाँस्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।
 
राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, भिष्मराज फुलाराको गीत रचना, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्वन्द्व निर्देशन, बिष्णु निराकर र सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुम बहादुर सुनारको सम्पादन रहेको छ । राजु स्वयं निर्देशित पहिलो ‘दिलमाया’मा निखिल उप्रेती, अरुणिमा लम्साल, अशोक फुयाँलको मुख्य भूमिका थियो ।