Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुदर्शनलाई ‘गुरु’ मान्दै पूजा लेख्छिन्, ‘तिमी मेरो जीवनको आशिष हौ’

फिल्मीखबर, काठमाडौं, 2022/07/13
आज गुरुपूर्णिमा । आफूलाई शिक्षा र ज्ञान प्रदान गर्ने गुरुको सम्मानमा गुरुपूर्णिमा मनाइने गरिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई सम्मानपूर्वक गुरु भनिन्छ । गुरु पूर्णिमाको अवसरमा प्रायःले सामाजिक सञ्जालमार्फत् आ-आफ्ना गुरुलाई सम्झिएका छन् भने कतिले भेटेरै गुरुको आर्शिवाद लिएका छन् । फिल्मकर्मीहरुले पनि आफ्ना गुरुलाई सम्झिँदै सम्मान भाव प्रकट गरेका छन् ।
 
Pooja Sharma
 
अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापालाई ‘गुरु’को स्थान दिँदै आफूलाई शिक्षक जसरी सिकाएकोमा धन्यवाद व्यक्त गरेकी छन् । उनले बुधवार फेसबुकमा सुदर्शनसँगको एक तस्विर पोस्ट गर्दै लेखेकी छन्, ‘तिमीले मलाई एक शिक्षकको रूपमा सिकायौ, मलाई मेरो आमा-बाबुले जस्तै रक्षा गर्‍यौ र मलाई एक गुरुले जस्तै मार्गदर्शन गर्‍यौ । तिमी साँचिक्कै यो दिनका लागि योग्य छौ ।’ 
 
आफूलाई ठूला सपना देख्ने सबै कारणहरू र त्यसलाई पूरा गर्नका लागि सबै स्रोतहरू दिएको बताउँदै पूजा शर्मा अगाडि लेख्छिन्, ‘तिमी मेरो जीवनको आशिष हौ । म तिम्रो विद्यार्थी हुन पाएकोमा आभारी छु । मलाई मेरो उत्कृष्ट बन्न चुनौती दिएकोमा र मलाई सिक्ने जोश जगाएकोमा धन्यवाद । ह्याप्पी गुरुपूर्णिमा काजी ।’ पूजालाई अभिनेत्रीको रुपमा स्थापित गर्न सुदर्शनको ठूलो हात छ ।
 
सुदर्शनको साथ नपाएको भए सम्भवतः पूजा अहिलेसम्म गुमनाम भइसकेको हुने थिइन् । फिल्म ‘मधुमास’मा सुदर्शन र पूजाबीच पहिलो सहकार्य भएको थियो । त्यसपछि सुदर्शनले पूजाको साथ कहिल्यै छाडेनन् । त्यसैको प्रतिफल थियो पूजाले ‘प्रेमगीत’ जस्तो फिल्ममा काम गर्न पाउनु । यही फिल्मले उनको भाग्य बदलियो । आज उनी जुन उचाईंमा छिन्, त्यसको देन सिर्फ ‘प्रेमगीत’ हो । 
 
pooja and sudharshan
 
‘म यस्तो गीत गाउँछु’, सुदर्शनले पूजालाई दिएको अर्को ठूलो उपहार हो । सुदर्शनको निर्देशनमा पूजाले ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’मा पनि काम गरिसकेकी छन् । लगातार काम गर्ने क्रममा उनीहरुबीच प्रेमको चर्चा पनि चल्यो । तर, दुवैले कहिल्यै प्रेम स्वीकार गरेनन् । अहिले सुदर्शनले विवाह गरिसकेका छन् भने पूजा युद्ध बानियाँको प्रेममा छिन् ।