Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिव परियारले गाए ‘चिठ्ठी’को गीत

फिल्मीखबर, काठमाडौं, 2022/07/12
Madahab Raj Kharel movie - Chitthi
 
माधव राज खरेलको निर्देशन रहेको फिल्म ‘चिठ्ठी’को ‘टुटेको तारा’ बोलको गीतमा चर्चित गायक शिव परियारले स्वर भरेका छन् । सोमबार राजधानीको फाइन टियुन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । गीतमा डा. कृष्णहरी बरालको शब्द रचना, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको एरेन्जर छ । गीतको शब्द आफूलाई मन परेको शिव बताउँछन् ।
 
एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको फिल्ममा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसे, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु लगायतको अभिनय देख्न सकिनेछ । 
 
फिल्ममा राजेश कुमारको सम्पादन र जीवन पराजुलीको छायांकन छ । काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लामा खिचिएको फिल्मको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्मात्री जोशीले जानकारी दिइन् । कमेडी जनरामा बनेको फिल्ममा सस्पेन्स र थ्रिलर पनि रहेको उनको भनाई छ । २०२२ मै प्रदर्शन गर्न लागिएको फिल्मको कथा निर्देशक खरेलको हो ।