Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर’ निर्माताको ओपन-हार्ट सर्जरी सफल

फिल्मीखबर, काठमाडौं, 2022/07/12
shunil kumar thapa
 
‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले जीवनको ठूलो युद्ध जितेका छन् । मंगलवार विहान ९ बजे काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा डा. भगवान कोइरालाको टोलीले निर्माता थापाको ओपन-हार्ट सर्जरी गरेको थियो । पिताको मुटुको अपरेशन सफल भएको खुशी अभिनेत्री सुहाना थापाले सोसल मिडियामार्फत् साटेकी छन् ।
 
डाक्टरको टोली र भगवान कृष्णलाई धन्यवाद दिँदै सुहानाले फेसबुकमा लेखेकी छन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रूपमा  आउँछ र अप्रत्याशित हुन्छ । त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन् । बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतिक्षा गर्न सक्दिनँ ।’ उनले डा. कोइरालासँग खिचेको तस्विर पनि पोस्ट गरेकी छन् । 
 
निर्माता सुनिल कुमार थापाको मुटुमा प्वाल परेको थियो । बच्चामा नै उनको मुटुमा प्वाल देखिएको थियो । तर, ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी गरेका थिएनन् । तर, अहिले पनि मुटुमा प्वाल देखिएपछि निर्माता थापाले सर्जरी गरेका हुन् । उनी केही महिनाअघि अमेरिकामा थिए । तर, उनले सर्जरी गर्न नेपालकै अस्पताल र चिकित्सक रोजेका हुन् । 
 
सर्जरीपछि उनलाई आइसियूमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । २ दशकदेखि निरन्तर फिल्म निर्माण गर्दै आएका उनी अभिनेत्री झरना थापाका श्रीमान् हुन् । उनी चाँडै छोरी सुहानालाई लिएर फिल्म ‘भागवद् गीता’ निर्माण गर्दैछन् । उनले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ गत बैशाख १ गते रिलिज भएको थियो ।
 
shuhana thapa