Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्स ९’ बनाउन फेरि तातिए मुकुन्द, भन्छन्, ‘मेरो टार्गेट नेटफ्लिक्स हो’

फिल्मीखबर, काठमाडौं, 2022/07/12
गत वर्ष कुनै फिल्मको सर्वाधिक चर्चा भएको थियो भने त्यो ‘एक्स ९ : लेभल वान’ हो । बलिउड अभिनेता सुनिल सेट्टीलाई फिल्म अफर गरेको कुराले होस् वा तीन स्टारहरु सौगात मल्ल, अनमोल केसी र पुष्प खड्का अनुबन्ध भएको कुराले फिल्मलाई निर्माण अगावै ठूलो हाइप दिलायो । फिल्मको चरित्रमा ढल्न सौगात, अनमोल र पुष्पले महिनौं दिनसम्म जिम र एक्सनको ट्रेनिङ लिए ।
 
Mukunda Bhatta
 
कलाकारको ट्रेनिङमा निर्माताले ठूलो खर्च गरेका थिए । तर, सौगात, अनमोल र पुष्पको ट्रेनिङ सकिएपछि निर्माण टिमले विभिन्न कारण देखाउँदै अनिश्चितकालका लागि छायांकन रोकेको जानकारी गरायो । जसले गर्दा तीनजना कलाकारले महिनौंसम्म गरेको मेहेनत खेरै गयो । त्यसपछि ‘एक्स ९’ नबन्ने चर्चा चलेको थियो । तर, फेरि निर्देशक मुकुन्द भट्ट फिल्म बनाउन तातिएका छन् । 
 
निर्देशक भट्टले अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको जानकारी दिए । केही दिनमा लोकेशन फाइनल गर्न विदेशका विभिन्न ठाउँमा जाने तयारीमा आफू रहेको उनले बताए । प्राप्त जानकारी अनुसार, फिल्मको छायांकनका लागि अनमोल र पुष्पले पासपोर्ट बुझाइसकेका छन् । सबैभन्दा पहिला क्यानडाका लागि कलाकारहरुको भिसा आवेदन दिने तयारीमा निर्माण टिम छ । 
 
सौगात मल्ल भने अब फिल्ममा नरहने चर्चा छ । तर, मुकुन्दले यसमा सत्यता नभएको बताउँदै भने, ‘हामी तिहारपछि छायांकन थाल्ने तयारी थियौं । तर, सौगात दाईको त्यो समयमा विवाह हुने भएपछि हामीले समय केही तलमाथि गरेर छायांकन गर्नेछौं ।’ उनले फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने आफ्नो टार्गेट रहेको बताए । यसका लागि चाँडै मिटिङ हुन लागेको उनको भनाई छ ।