Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

२ वर्षमा सकियो आकाशको ‘हिँड्दा हिँड्दै’ छायांकन

फिल्मीखबर, काठमाडौं, 2022/07/12
aakash shrestha
 
कोरोना महामारीले फिल्म क्षेत्र ठप्प रहेको अवस्थामा २०७७ सालको असोजमा फिल्म ‘हिँड्दा हिँड्दै’को घोषणा भएको थियो । पुष दोस्रो साताबाट फिल्म छायांकनमा निस्कियो । तर, छायांकन भइरहेको समयमा कोरोना महामारी भयावह रुपमा फैलिएपछि फिल्म अधुरैमा रोकियो । गत साता फिल्मको बाँकी छायांकन गरिएको थियो । अन्ततः २ वर्षमा फिल्मको सुटिङ सकिएको छ । 
 
मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, ममता पौडेल, बिकास थापा मगर, बाल कलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाहको अभिनय छ । प्रेमकथामा बनेको फिल्मको निर्माता सुशील पंगेनी हुन् । फिल्ममा उनकै लेखन छ । निर्देशक मगरले केही दिनमा पोस्टरमार्फत् प्रदर्शन मिति घोषणा गरिने बताए ।
 
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोद कुमार तामाङ र महादेव साह सहनिर्माता रहेको फिल्मलाई लीलामान तण्डुकारले छायांकन गरेका हुन् । फिल्ममा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ ।