Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘प्रपञ्च’को गीतमा सुमन र मेनुकाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/07/11
Suman Thapa And Menuka Majhi
 
आगामी असोज असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको बिएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मुटुमा सास भर्ने आधार’ बोलको रोमान्टिक गीतमा सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना छ भने शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको युगल स्वर सुन्न सकिन्छ ।
 
तेञ्जु योन्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सुमन थापा र मेनुका माझी फिचरिङ छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी रुपशराज खड्का लगायतको पनि अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्माता शिवानी बलामी हुन् ।
 
बद्री साह, अनिल गुप्ता र रवि राज आचार्यले निर्माता रहेको फिल्ममा प्रकाश कुँवरको कथा लेखन, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्वन्द्व निर्देशन, प्रविन ढकालको सम्पादन छ । तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक बलामीले ‘प्रपञ्च’ हेर्दा युवा-युवतीले आफ्नो कथा पाउने बताए ।