Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

सुदर्शनको अष्ट्रेलियाको भिसा लाग्दा पूजाको के भयो ?

फिल्मीखबर, काठमाडौं, 2022/07/11
pooja sharma and sudarshan thapa
 
संसारका शक्तिशाली देशहरुले कुनै पनि व्यक्तिको लोकप्रियताको आधारमा भिसा दिँदैन भन्ने एउटा उदाहरण अभिनेत्री पूजा शर्मा बनेकी छन् । पूजाले आफू निर्मित तथा अभिनीत सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’को अष्ट्रेलिया प्रिमियरमा सहभागी हुन लागि भिसा आवेदन दिएकी थिइन् । तर, उनलाई अष्ट्रेलियन दूतावासले भिसा प्रदान गर्न अस्वीकार गरेको जानकारी प्राप्त छ । 
 
शनिवार सिड्नीमा फिल्मको प्रिमियर भइसकेको छ । पूजाको तेस्रो पटक अष्ट्रेलिया भिसा रिजेक्ट भएको स्रोत बताउँछ । उनले यसअघि फिल्म ‘रामकहानी’को अष्ट्रेलिया प्रियिमरमा सहभागी हुनका लागि दुईपटक भिसा आवेदन दिएकी थिइन् । त्यसबेला पनि उनलाई अष्ट्रेलियाले विश्वास गरेन । एकपटक अष्ट्रेलियाले भिसा रिजेक्ट गरेपछि अर्कोपटक दिने सम्भावना न्यून रहने बताइन्छ ।
 
‘म यस्तो गीत गाउँछु २’को अष्ट्रेलिया प्रिमियरमा सहभागी हुनका लागि पूजासँगै निर्देशक सुदर्शन थापा र उनकी श्रीमती सुप्रिया कटुवालले पनि भिसा आवेदन दिएका थिए । तीन जनामध्ये निर्देशक थापाको मात्र भिसा लागेको छ । उनकी श्रीमतीलाई अष्ट्रेलिया जानुको उद्देश्य नदेखेपछि दूतावासले भिषा नदिएको बुझिएको छ । आफ्नो मात्र भिसा लागेपछि सुदर्शन पनि अष्ट्रेलिया गएनन् ।
 
हुनत, सेलिब्रेटीहरुको कुनै देशको भिसा रिजेक्ट भएको घटना यो पहिलो भने होइन । र, अनौठो पनि होइन । यसअघि पनि कयौं नेपाली सेलिब्रेटीको भिसा अष्ट्रेलियन दूतावासले रिजेक्ट गरेको छ । तर, तेस्रो पटक पनि भिसा रिजेक्ट भएपछि पूजा तनावमा देखिएको स्रोत बताउँछ । अब उनी असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्झना बिर्सना’को प्रचारमा दौडिने छिन् ।
 
मेरो भिसा रिजेक्ट भएको छैन : पूजा शर्मा
 
फिल्मीखबरमा अष्ट्रेलियाको भिसा रिजेक्ट भएको समाचार प्रकाशित भएपछि पूजा शर्माले आफ्नो भिसा रिजेक्ट नभएको बताएकी छन् । उनले भनिन्, ‘सुदर्शन जीको बायोम्याट्रिक मेरोभन्दा अगाडि भएको थियो । मेरो बायोम्याट्रिक ढिला भएकाले भिसाको निर्णय हुन समय लागेको होला । तर, रिजेक्ट भएको छैन । मेरो भिसा आउन ढिलाई भएपछि फिल्मको शो समेत सारिएको छ ।’