Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

लोकसेवा आयोगको परिक्षामा उत्तर बनिन् सुरक्षा

फिल्मीखबर, काठमाडौं, 2022/07/11
surakshya panta
 
गत जेठमा फ्रान्समा भएको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली अभिनेत्री सुरक्षा पन्तले उपस्थिति जनाएकी थिइन् । आफूले अभिनय गरेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले रेड कार्पेटमा हिँड्ने मौका समेत पाइन् । कान्सको रेड कार्पेटमा हिँड्ने चाहना विश्वभरका सेलिब्रेटीहरुको हुने गर्छ । त्यो अर्थमा सुरक्षा भाग्यमानी बनिन् । 
 
कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली अभिनेत्री समेत हुन् । यसअघि अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी हुन गएपनि रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइनन् । सुरक्षा कान्सको रेड कार्पेटमा हिँड्नु नेपालको लागि नै गौरव मानिएको छ । यस्तैमा, लोकसेवा आयोगले अधिकृतको प्रश्नपत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्रीको नाम सोधेको छ । 
 
अधिकृत क्याडेट पदको प्रश्नपत्रको १९ नम्बरको बुँद्धामा सोधिएको छ- ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?’ उत्तरमा अभिनेत्रीहरु प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम उल्लेख छ । अभिनेत्री पन्तले फेसबुकमा पोस्ट गरेको प्रश्नपत्रमा परिक्षार्थीले उनकै नाममा गोलो लगाएका छन् । 
 
लोकसेवाको परिक्षामा एउटा उत्तर हुन पाएकोमा सुरक्षाले खुशी व्यक्त गरेकी छन् । अधिकृत पदको प्रश्नपत्रमा उत्तर बन्न पाउनु जो कोहीका लागि ठूलो उपलब्धि हो । कान्सबाट फर्किएपछि सुरक्षाले सञ्चारमाध्यमसँग कुराकानी गर्ने क्रममा रेड कार्पेटमा हिँड्दै गर्दा आफू शून्य भएको बताउँदै रेड कार्पेटमा हिँड्दा राष्ट्र, फिल्म क्षेत्रलाई प्रतिनिधित्व गरेको महशुस भएको बताएकी थिइन् ।