Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाहमा देखिएको नीताको खुशी (तस्विरसहित)

फिल्मीखबर, काठमाडौं, 2022/07/10
neeta dhungana
 
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नु जति खुशी प्रेम जोडीका लागि अरु के होला र ? अभिनेत्री नीता ढुंगानाले पनि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीसँगको २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई शुक्रवार विवाहमा परिणत गरिन् । काठमाडौंको पाँचतारे होटल याक एन्ड यतिमा भएको भव्य विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तसँगै केही फिल्मकर्मी पनि सहभागी थिए ।
 
मेहेन्दी र संगीत समारोहमा बुबा भावुक हुँदा गहभरी भएकी नीता विवाह समारोहमा भने हाँसीखुशी नै देखिएकी थिइन् । अन्मिँदा समेत उनको आँखा उत्ति रसाएका थिएनन् । बरु, हरिहरको हात समातेर बग्गी चढ्ने बेला उनले सबैलाई ‘बाई-बाई’ भन्दै खुशीले हात हल्लाएकी थिइन् । तर, बेहुली पहिरनमा सिंगारिँदै गर्दा उनी दिवंगत आमालाई सम्झिएर भावुक भएको जानकारी प्राप्त छ । 
 
नीताले ब्याचलर पार्टीदेखि विवाहका तस्विरहरु किस्ताबन्दीमा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेकी छन् । आइतवार उनले विवाहको मण्डपदेखि अन्मिँदासम्मका तस्विरहरु फेसबुकमा पोस्ट गरेकी छन् । तस्विरमा उनलाई हरिहरको साथमा खुशी र प्रशन्न मुद्रामा देख्न सकिन्छ । नीताले विवाहको भिडियोहरु भने आफ्नै नामको यूट्युब च्यानलबाट सार्वजनिक गर्ने बुझिएको छ ।
 
हरिहर र नीताले आइतवार काठमाडौंको एक होटलमा रिसेप्सन पार्टी दिँदैछन् । उनीहरुले लगभग सिंगो फिल्म क्षेत्रलाई पार्टीको निमन्त्रणा गरेको जानकारी प्राप्त छ । केही वर्ष अगाडि विरगन्जमा भएको एक फिल्म महोत्सवमा सहभागी हुने क्रममा नीता र हरिहरबीच मित्रता गाँसिएको थियो । पछि त्यो मित्रता प्रेममा बदलियो । तर, यो जोडीले प्रेम स्वीकार नगरेर नै लगनगाँठो कस्यो ।