Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘प्रेमगन्ज’को ‘समय’ गीतमा बेनिशाप्रति तेजको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/07/09
Tej Giri And Benisha Hamal
 
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ सार्वजनिक गरिएको छ । शनिवार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको छ भने किरण भुसालले आवाज दिएका छन् । गीतमा फिल्मका मुख्य कलाकारहरु बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल प्रस्तुत छन् ।
 
स्याड भर्सनको गीतलाई तेज गिरीको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । बेनिशाप्रति तेजको प्रेम र समर्पणको भावलाई गीतले व्यक्त गर्छ । तेज र बेनिशाले युवा उमेरको ‘मैनाराजा’को भूमिकामा अभिनय गरेका छन् भने उनीहरुको टिनएजरको भूमिकामा प्रशन र सुप्रिया प्रस्तुत छन् । ‘समय’ गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक परिच्छेदले जानकारी दिए । 
 
निर्देशक सेनका अनुसार, फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक परिच्छेद सेन आफैं हुन् । सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायतका कलाकारको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् ।