Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

असोज १४ मा ‘परदेशी २’, यस्तो बन्यो टिजर

फिल्मीखबर, काठमाडौं, 2022/07/08
Prakash Saput
 
२०७२ सालको हिट फिल्म ‘परदेशी’को सिरिज ‘परदेशी २’को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । आगामी दशैंलाई लक्षित गरेर असोज १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजरमा अध्ययनका लागि अमेरिका जाने एक युवाको संघर्ष र प्रेम जीवनलाई देखाइएको छ । टिजर हेर्दा अघिल्लो श्रृंखलाभन्दा फिल्मलाई आधुनिक बनाइएको भान हुन्छ ।
 
यो फिल्मबाट चर्चित गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । त्यसैले हुनसक्छ, टिजरमा उनले नै बढी ‘स्क्रिन स्पेश’ पाएका छन् । उनको नेपालमा केकी अधिकारी र अमेरिका गएपछि वर्षा सिवाकोटीसँग फक्रिएको प्रेमलाई देखाइएको छ भने अभिनेता प्रशान्त तामाङ्ग आर्मीको भूमिकामा प्रस्तुत छन् । टिजरमा अभिनेता दीलिप रायमाझीलाई पनि स्थान दिइएको छ । 
 
नारायण रायमाझी निर्देशित फिल्मको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको समिश्रण छ । नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझीले मिलेर फिल्म बनाएका हुन् । फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय छ ।
 
बि.बि. अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । फिल्मको वितरण काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ । निर्देशक रायमाझीले नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई फिल्मको मुख्य कथावस्तु बनाएको जानकारी दिएका छन् ।