Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जितु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ कात्तिक २५ मा

फिल्मीखबर, काठमाडौं, 2022/07/08
harry ki pyari
 
डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेको फिल्म ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति तय गरेको छ । शुक्रवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह प्रस्तुत छन् । फिल्मले उनीहरुको विवाहको कथा भन्ने पोस्टरले बुझाउँछ ।
 
पोस्टरमा जितु ढाका टोपी लगाएर नौमती बाजा बजाउँदै देखिएका छन् भने साम्राज्ञी रातो लेहंगामा बेहुली झैं सिंगारिएकी छन् । जितु र साम्राज्ञीको रोचक केमेस्ट्रीले फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ । जितुले फिल्ममा आफूले अहिलेसम्मकै चुनौतीपूर्ण भूमिकामा अभिनय गरेको दाबी गरेका छन् । त्यस्तै, साम्राज्ञी फिल्म जति नै पुरानो हुँदै गएपनि दर्शकलाई ताजा लाग्ने बताउँछिन् ।
 
फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । फिल्ममा नायिका रेखा थापाको केमियो भूमिकामा प्रस्तुत छिन् । डा. कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा कथा रिजाल स्वयं, पटकथा/संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले लेखेका हुन् । 
 
फिल्ममा भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । पेशाले दन्त चिकित्सक रहेका डा. रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।