Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

साराको ‘गुञ्जन’ पुष २९ मा

फिल्मीखबर, काठमाडौं, 2022/07/06
gunjan - movie
 
सुन्दरी अभिनेत्री सारा सिरपालीले कोरोना महामारीभन्दा अगाडि काम गरेको फिल्म ‘गुञ्जन’ले प्रदर्शन मिति पाएको छ । निर्माता र वितरकबीच मंगलवार भएको सहमति अनुसार आगामी पुष २९ गते फिल्म प्रदर्शन हुनेछ । फिल्मलाई मोफसलमा एफडी कम्पनी र काठमाडौंभित्र जिजिए ग्रुप र डिसिएनले वितरण गर्नेछन् । माघे संक्रान्तिलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति तोकिएको हो ।
 
कोभिड अघि नै सम्पूर्ण छायांकन सकिएको भएपनि फिल्मको एक गीतको छायांकन गत वर्ष दुबईमा गरिएको थियो । विगत दुई दशकदेखि नेपाली फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले ‘गुञ्जन’ निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशित फिल्म हो । उनले नेपाली फिल्म क्षेत्रबाट आफूले सिकेको र जानेको सम्पूर्ण ज्ञान, सिप र अनुभवलाई फिल्ममा खन्याएको बताएका छन् ।
 
प्रेमकथामा बनेको यस फिल्ममा सारासँगै प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको अभिनय छ । प्रितमले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्दैछन् । फिल्मको काठमाडौं, पोखरा र जोमसोममा छायांकन भएको हो ।
 
Pritam Senchuri And Sara Sirpali
 
राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य निर्देशन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्ममा हिराकृष्ण शाही प्रस्तुकर्ता र सुनिता शाही निर्मातामा छन् । ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा अभिनेत्री नीता ढुंगानाले आकर्षक आइटम नृत्य गरेकी छन् ।