Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

आर माधवनको ‘रकेट्री’को व्यापार औसत, आदित्यको ‘ओम’ डुब्यो

एजेन्सी, मुम्बई, 2022/07/05
Rashtra Kavach and rocketry
 
जुलाई १ अर्थात् यही शुक्रवारबाट बलिउडका दुई ठूला फिल्म ‘रकेट्री’ र ‘ओम’ एकसाथ प्रदर्शनमा आएका थिए । ट्रेलरबाट ठूलो आशा जगाएका यी दुई फिल्ममध्ये ‘रकेट्री’को व्यापार ठिकठाक रहँदा ‘ओम’ भने बक्सअफिसमा टाँट पल्टिएको छ । आदित्य रोय कपूर अभिनीत फिल्मले प्रदर्शनको चार दिनको अवधिमा ५ करोड आसपास कमाएको छ । जुन अपेक्षा गरेभन्दा ज्यादै न्यून हो ।
 
३५ करोडमा निर्माण भएको ‘ओम’ले चौंथो दिनमा जम्मा ८० लाख कमाएको छ । तेस्रो दिन १ करोड ५ लाख, दोस्रो दिन १ करोड ७ लाख र पहिलो दिन १ करोड ५ लाख कमाएको फिल्मले चार दिनमा जम्मा ५ करोड ५ लाखको छापेको छ । ट्रेड एनालिस्टले फिल्मलाई ‘फ्लप’को ट्याग दिइसकेका छन् । ‘आशिकी २’ बाहेक आदित्यले लिड हिरो भएर काम गरेका सबै फिल्म फ्लप छन् । 
 
अभिनेता आर माधवनद्वारा अभिनीत तथा निर्देशित फिल्म ‘रकेट्री : द नाम्बी इफेक्ट’ले भने चार दिनमा विश्वभर १७ करोड ५ लाख कमाएको छ । अंग्रेजी, तमिल र हिन्दी भाषामा एकसाथ प्रदर्शन भएको फिल्मले हिन्दी भर्सनमा ४ करोड ६५ लाख कमाएको छ । उत्कृष्ट समीक्षा पाएको यो फिल्मले ‘द कश्मीर फाइल्स’ जसरी नै विस्तारै बक्सअफिसमा कमाल देखाउने आँकलन गरिएको छ । 
 
यो फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान र साउथ सुपरस्टार सूर्या केमियो रोलमा देखिएका छन् । फिल्ममा फिलिस लोगान, विन्सेन्ट रिओटा र रन डोनाचीको पनि अभिनय छ । माधवनले फिल्ममा नाम्बी नारायणनको भूमिका निर्वाह गरेका छन् । त्यस्तै, कपिल वर्माको निर्देशनमा बनेको ‘ओम’मा आदित्यसँगै ज्याकी श्राफ, आशुतोष राणा र प्रकाश राजको पनि मुख्य भूमिका छ ।