Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

झरनाले दयाहाङलाई अफर गरेकी हुन् ‘भागवद् गीता’ ?

फिल्मीखबर, काठमाडौं, 2022/07/05
dayahang rai and jharana thapa
 
अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाले लगातार तीनवटा फिल्म हिट दिएर ह्याट्रिक गरिसकेकी छन् । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज बक्सअफिसमा सफल भएका थिए । अब उनी पहिलो पटक नयाँ नाममा फिल्म निर्देशन गर्ने तयारीमा छिन् । ‘भागवद् गीता’ नाममा बन्न लागेको फिल्मको बैशाखमा जानकी मन्दिर (जनकपुर) मा टिजरको छायांकन भएको थियो । 
 
फिल्ममा झरनाकी छोरी सुहाना थापा नै मुख्य भूमिकामा प्रस्तुत हुँदैछिन् । उनले तेस्रो पटक घरभित्रको फिल्ममा काम गर्न लागेकी हुन् । साउन तेस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा झरना छिन् । फिल्मको टिजर खिचेपछि उनी छोरी सुहानाको ग्राजुयसन र फिल्म ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि अमेरिका प्रस्थान गरेकी थिइन् । यसै साता उनी छोरीसहित नेपाल फर्किएकी छन् । 
 
नेपाल फर्किए लगत्तै ‘भागवद् गीता’को तयारीमा जुटेकी झरनाले सोमवार अभिनेता दयाहाङ राईसँग भेट गरेको स्रोतले जानकारी दिएको छ । काठमाडौंको एक कफी सपमा उनीहरुबीच केही घन्टा कुराकानी भएको थियो । झरनाले दयाहाङसँग भेट गर्नुको कारण खुलेको छैन । तर, उनले ‘भागवद् गीता’को विषयमा कुराकानी गर्नका लागि दयासँग भेट गरेको हुनसक्ने स्रोत बताउँछ ।
 
फिल्ममा सुहाना थापा मुख्य भूमिकामा प्रस्तुत हुने भएकाले उनको अपोजिटमा झरनाले दयाहाङ राईलाई चुन्ने सम्भावना कम छ । फिल्मभित्र कुनै विशेष भूमिकाको लागि उनले दयाहाङलाई प्रस्ताव गरेको हुनसक्ने आँकलन गर्न सकिन्छ । तर, निर्माण टिमले यसबारेमा बोलेको छैन । ‘भागवद् गीता’मा अभिनेता राईको प्रवेश भएको खण्डमा फिल्म हेर्न दर्शकहरुलाई पनि रोचक हुनेछ ।