Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

काठमाडौंमा खुल्यो अर्को फिल्म स्कूल, राजेश हमाल गेस्ट लेक्चर

फिल्मीखबर, काठमाडौं, 2022/07/03
rajesh hamal and niti shah
 
फिल्मप्रति युवापुस्ताको आकर्षण बढ्न थालेसँगै संघीय राजधानी काठमाडौंमा केन्द्रित भएर फिल्मका विभिन्न विधामा अध्यापन गराउने उद्देश्यसहित फिल्म कलेज खुल्ने क्रम बढेको छ । यसैक्रममा, चावहिलमा ठूलो लगानीमा नेशनल फिल्म एण्ड टिभी स्कूल खुलेको छ । शनिवार अभिनेता राजेश हमाल र फिल्ममा डेब्यू गर्ने तयारीमा रहेकी मोडल नीति शाहले स्कूलको उद्घाटन गरे ।
 
उक्त स्कूलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ । उद्घाटनसँगै विद्यार्थी भर्ना लिन सुरु गरिएको स्कूलको गेस्ट लेक्चरमा राजेश हमाल पनि हुनेछन् । स्कूल उद्घाटनसँगै भीवाईएफ टक्सको पनि शुभारम्भ गरियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काको पनि उपस्थिति रहेको थियो । 
 
स्कूलको उद्घाटन कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको बढ्दो आकर्षणले सकारात्मक भविष्यको संकेत गरेको बताए । उनले भने, ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन् । युवापुस्ताको यो उत्साह सुखद् छ ।’ भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारले केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने जानकारी दिए ।