Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

पोस्टरकै भरमा बिक्न थाल्यो ‘२ नम्बरी’को विदेश राइट्स

फिल्मीखबर, काठमाडौं, 2022/07/03
2 numbari
 
आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै दुई हप्ता अगाडि मल्टीस्टारर फिल्म ‘२ नम्बरी’को दुई पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा फिल्मका मुख्य दुई अभिनेता दयाहाङ राई र सौगात मल्ल भिन्न गेटअपमा प्रस्तुत थिए । भातको एक सिता छामेपछि भातको अवस्था थाहा हुन्छ भने झैं ‘२ नम्बरी’लाई पनि पोस्टरकै भरमा आशातित फिल्मको रुपमा हेरिएको छ ।
 
निर्माण टिमले अहिलेसम्म पोस्टरबाहेक फिल्मका कुनै सामाग्री बाहिर ल्याएको छैन । तर, पोस्टरकै भरमा फिल्मको विदेश राइट्स विक्री हुन थालेको छ । दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशका लागि फिल्मको राइट्स विक्री भएको निर्माता किरण नेपालीले जानकारी दिए । यो फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।
 
किरण भन्छन्–‘फिल्मको फर्स्टलुकले दर्शकको मन जितिरहेको छ । यसैले, विदेशमा पनि फिल्म धमाधम विक्री हुन थालेको हो ।’ दयाहाङ र सौगात अभिनीत फिल्म ‘कबड्डी ४’ विदेशी भूमिमा अत्याधिक चलेका कारण ‘२ नम्बरी’ पोस्टरकै भरमा विदेशमा विक्री हुन थालेको बुझ्न सकिन्छ । ‘छ माया छपक्कै’ जस्तो ब्लकबस्टर फिल्म दिएका दीपेन्द्र लामाले ‘२ नम्बरी’को निर्देशन गरेका हुन् । 
 
दुई साथीको मित्रताको कथामा बनेको फिल्ममा उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ लगायतको पनि अभिनय छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । निर्देशक लामाकै लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।