Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

पल बाहिर नआएसम्म फिल्म नै नबनाउने भनेकी पूजाको बोली किन फेरियो ?

फिल्मीखबर, काठमाडौं, 2022/07/03
बोल्ने मामलामा राजनीतिज्ञ र अभिनेत्री पूजा शर्मामा खासै भिन्नता छैन । न उनीहरु सोच-विचार गरेर आफ्नो अभिव्यक्ति राख्छन् न बोलीमा अडिग नै रहन्छन् । पूजा शर्माले पटक-पटक मिडियामा विवाहपछि फिल्मबाट टाढा रहने बताउँदै आएकी थिइन् । तर, फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको समयमा भावुक भएर दर्शकहरुको मायाका लागि अब इन्डस्ट्री नछाड्ने घोषणा गरिन् । 
 
‘म यस्तो गीत गाउँछु २’ रिलिजको मुखमा रहँदा अभिनेता पल शाहविरुद्ध एक नाबालिगलाई करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । फिल्म रिलिजपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरे । उता, पलका फ्यानको सान्त्वना बटुल्न पूजाले पलको तस्विर अंकित टिर्सट लगाएर हलहरु घुम्ने क्रममा मिडियामा अर्को घोषणा गरिन्, ‘अब पल बाहिर नआएसम्म फिल्मै बनाउँदिनँ ।’
 
pooja sharma
 
केही समयपछि एक भिडियो अन्तर्वार्तामा सञ्चारकर्मीले ‘त्यो घोषणा आवेगमा गरेको त होइन ?’ भनेर प्रश्न सोध्दा पूजाले भनेकी थिइन्, ‘पल बाहिर नआएसम्म फिल्म नै बनाउँदिनँ भनेर मैले आवेगमा भनेको थिइनँ । मैले भगवान् मागेको क्षेत्र हो यो । म आज जे छु, यही क्षेत्रका कारण छु । म डुबेको पनि र राम्रो भएको पनि फिल्मबाटै हो । मैले पलसँग भेट हुँदा पनि यही भनेकी थिएँ ।’
 
पल शाह बाहिर नआएसम्म फिल्म नै नबनाउने भनेकी पूजाले शुक्रवार नयाँ फिल्मको घोषणा गरिन् । मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई अनुबन्ध गर्दै उनले आफ्नो होम प्रोडक्सनबाट फिल्म बनाउन लागेको जानकारी सोसल मिडियामार्फत् दिएकी हुन् । फिल्मलाई सुदर्शन थापाले एक्सन-कट गर्दैछन् । नयाँ फिल्मको घोषणा गरेसँगै पूजामाथि धेरैले नैतिक प्रश्न उठाएका छन् । 
 
उनले नयाँ फिल्ममा अनमोललाई भित्राएको जानकारी दिँदै फेसबुकमा गरेको पोस्टको कमेन्टमा कतिले पल नआएसम्म फिल्म नबनाउने भनेर गरेको घोषणालाई पूजाको ‘म यस्तो गीत गाउँछु २’ चलाउने फण्डा मात्र थियो भनेका छन् भने कतिले कलाकारको बोलीमा विश्वास गर्न नहुने बताएका छन् । पूजाको बोलीमाथि प्रश्न उठाउनेविरुद्ध उनका कट्टर फ्यानहरु कमेन्टमै लडिरहेका छन् ।
 
पल शाह नछुटेसम्म फिल्म नै नबनाउने भनेको कुरा आफैंमाथि भारी परेपछि पूजाले बोली फेर्दै एक दर्शकको फेसबुक पोस्टको कमेन्टमा ‘म यस्तो गीत गाउँछु’को सिरिज मात्र पल बिना नबनाउने भनेको स्पष्टिकरण दिएकी छन् । तर, पहिला उनले स्पष्टसँग पल नआएसम्म फिल्म नै नबनाउने घोषणा गरेकी थिइन् । खैर, अब यसरी बुझौंन- हाड नभएको जिब्रो बोल्दा बोल्दै लटपटियो ।