Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृष्ण लीला’ पोस्टरमा छल्किएको पुष्प र श्रद्धाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/07/01
Puspa Khadka & Shraddha Chhetri
 
आगामी भदौ ३ गते (कृष्ण अष्टमी) बाट प्रदर्शनमा आउन लागेको प्रेमकथानक फिल्म ‘कृष्ण लीला’ गीत-संगीतका कारण चर्चामा छ । फिल्ममा समावेश ‘कुनै दिन त्यो कथामा’ बोलको रोमान्टिक गीतले लोकप्रियता हासिल गरिसकेको अवस्थामा एक हप्ताअघि सार्वजनिक गरिएको ‘ए मेरो हजुर’ गीतले पनि दर्शकको मन जितेको छ । गीतले फिल्मको व्यापारमा ठूलो राहत दिने देखिन्छ । 
 
प्रदर्शन मिति घर्किँदै गर्दा प्रचार-प्रसारलाई तीव्र बनाएको निर्माण टिमले शुक्रवार फिल्मका केही प्रेमिल पोस्टरहरु सार्वजनिक गरेको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीलाई केन्द्रमा राखिएको पोस्टरमा उनीहरुको प्रेम छल्किएको छ । एउटा सपना बोकेर हिँडेकी युवती सुस्त मनस्थिति भएको युवकसँग प्रेममा डुबेपछि आउने उतार-चढावलाई फिल्मले प्रस्तुत गरेको छ । 
 
दीपक वली निर्देशित फिल्ममा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईलगायतको पनि अभिनय छ । शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, माइकल चन्द र रामजी लामीछानेको कोरियोग्राफी, लक्ष्मण सुवेदीको कथा लेखन, श्री श्रेष्ठको द्वन्द्व रहेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।
 
रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा आफ्नो चरित्रबारे पुष्प भन्छन्, ‘फिल्ममा मैले निर्वाह गरेको अटिज्म क्यारेक्टर हो । उमेरले बढी भए पनि उसको व्यवहार, बोल्ने, हिँड्ने र सोच्ने क्षमता कमजोर छ । यसकारण मेरो क्यारेक्टर दर्शकलाई केही फरक लाग्नेछ ।’